निःशुल्क एक हजार सोलार वितरण

0
Shares

विनोदसिंह विष्ट, बैतडी
बैतडीको दोगडाकेदार गाँउपालिकालाई ‘उज्यालो दोगडाकेदार’ बनाउन उद्देश्यले गाउँपालिकाभित्र निःशुल्क रूपमा १ हजार सोलार वितरण भइरहेका छन्।

दोगडाकेदार गाउँपालिकाभित्र विद्युत् सेवाको पहँुचबाहिर रहेका दलित परिवारलाई निःशुल्क उक्त सोलार वितरण गरिन लागिएको गाउँपालिका निमित्त प्रमुख प्रसासकीय अधिकृत शेरसिंह विष्टले जानकारी दिनुभयो। वडा नं १ का ८५ घरपरिवालाई सोलार वितरण गरी कार्यक्रम शुरू गरेको उहाँले बताउनुभयो। दोगडाकेदार गाउँपालिकाको २० लाख तथा बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको थप अनुदान सहयोगमा सोलार वितरण गरिन लागिएको हो। वडा नं १, २, ६ र ८ का दलित बस्तीमा रहेका विद्युतको पहँुच बाहिर रहेको सम्पूर्ण घरधुरीलाई एकएक सोलारका दरले सोलार वितरण गरिने निमित्त प्रमुख पशासकीय अधिकृत विष्टले बताउनुभयो।

वडा कार्यालयवाट लगत मागेर सम्वन्धित वडा अध्यक्षको र सचिवको रहोवरमा सोलार वितरण भइरहेका दोगडाकेदार गाउँपालिकाले जनाएको छ। दोगडाकेदार गाउँपालिकाभित्र १ हजार बढी दलित परिवार रहेका छन्। दोगडाकेदार गाउँपालिकालाई ‘उज्यालो दोगडाकेदार’ गाउँपालिकाका रुपमा चिनाउन तथा बनाउनका लागि सोलार वितरण गरिन लागेको गाउँपालिका अध्यक्ष चक्र कार्कीले बताउनुभयो।