![](https://newsofnepal.com/wp-content/uploads/2018/03/Ghoda-Jatra-5_s7gOmrAXlk.jpg)
काठमाडौं, (नेस)
विभिन्न कार्यक्रम गरी शनिबार घोडेजात्रा मनाइएको छ। यस अवसरमा नेपाली सेनाले सैनिक मञ्च टुँडीखेलमा अश्वकला, साइकल खेल, शारीरिक व्यायाम, युद्धकलालगायतको प्रदर्शन गरेको थियो।
उक्त कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत टुँडीखेल पुगी घोडेजात्रा अवलोकन गर्नुभएको थियो।
प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा देखाई राक्षस गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिन्छ। यसो गर्दा गुरुमापाको आत्माले स्थानीयवासीलाई दुःख नदिने जनविश्वास छ।