‘सरकारले खटाएको ठाउँमा कर्मचारी जानुपर्छ’

0
Shares

नेपाल समाचारपत्र
काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीले देश बनाउन अब कुनै पनि बहानामा ढिला गर्न नसकिने बताउनुभएको छ। नेपाल निजामती कर्मचारी संगठनको बधाई ग्रहण पछि शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले पुरानो शैली र ढाँचाले देशको विकास सुस्त गतिमा हुने बताउनुभयो।

‘देशको विकास गर्ने कुरामा अब ढिलढाल गर्न सकिदैन’ प्रधानमन्त्री ओलीले भन्नुभयो ‘सबैले नयाँ ढंगले सोचौं ,नयाँ कामको थालनी गरौं।’ प्रधानमन्त्री ओलीले सबैलाई उपयोगको सिद्धान्त अनुसार काम गर्न आग्रह गर्नुभएको छ। ‘गमलालाई उपयोग गरेर एक मुठा साग उत्पादन गरेर एक छाक टार्नुहोस’ प्रधानमन्त्री ओलीले भन्नुभयो ‘तपाईंका लागि गरिएको यो सानो कामले कामले देशको अर्थतन्त्रलाई नै टेवा पुर्याउछ।

कर्मचारीको पेशागत मर्यादा र सुरक्षामा सरकार गम्भिर रहेको प्रधानमन्त्री ओलीले बताउनुभएको छ। जागिर सुरु गर्दाको सर्त अनुसार सरकारले खटाएको ठाउँमा जनताको सेवा गर्न कमर्चारी अनिवार्य रुपमा जानु पर्नेमा प्रधानमन्त्री ओलीले जोड दिनुभयो। ‘खटाएको ठाउँमा जान्न भन्ने कर्मचारीलाई अघिललो सरकारले गोल्डेन ह््याण्डचेक सहित घर पठाउने निणर्य गरेको रहेछ’ प्रधानमन्त्री ओलीले भन्नुभयो ‘वर्तमान सरकार अनुभवी कर्मचारीलाई घर पठाएर नयाँ कर्मचारी नियुक्त गर्ने पक्षमा छैन। सरकारले खटाएको ठाउँमा कर्मचारी जानु पर्छ।’