गणेश लामा हतियारसहित पक्राउ

0
Shares

काठमाडौं, (नेस)
गुन्डाका नाइके गणेश लामा बुधबार राति हतियारसहित पक्राउ परेका छन्।

अपराध सँगसँगै राजनीतिलाई पनि अगाडि बढाएका लामाले बुधबार एक व्यवसायीलाई हतियार देखाइ धम्की दिइएको भन्ने सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको हो। हतियारसहित लामालाई प्रहरीले गौशालाको पशुपति भिजन होटलनजिकैबाट पक्राउ गरेको थियो।

उनलाई पक्राउ गर्न गएको प्रहरी टोली र लामाबीच घम्साघम्सी हुँदा लामाको पेस्तोलबाट एक राउन्ड गोली फायर भएको थियो।