प्रधानमन्त्री ओली र बंगलादेशका मन्त्रीबीच भेट

0
Shares

काठमाडौं, (नेस)
प्रधानमन्त्री केपी शर्मा ओलीले बंगलादेशका नागरिक उडड्यन तथा पर्यटन मन्त्री एके एम शाहाजहाँ कलामसँग शिष्टाचार भेट गर्नुभएको छ। प्रधानमन्त्री ओलीले फागुन २८ गते भएको यूएस बंगलाको विमान दुर्घटनालाई दुःखद भएको बताउनुभएको थियो। मन्त्री कलामले नेपाल सरकारले विमान दुर्घटनापछि घाइतेको उद्धार र उपचारमा देखाएको सक्रियताको प्रशंसा गर्नुभएको छ।

नेपालको यो सदासयताका लागि बंगालादेशका प्रधानमन्त्री शेख हसिना वाजेदले प्रधानमन्त्री ओलीलाई कृतज्ञतासहित धन्यवाद ज्ञापन गर्नुभएको मन्त्री कमालले जानकारी गराउनुभयो। प्रधानमन्त्री ओलीले विमान दुर्घटनाबाट निधन भएकाहरूको शोकमा परेका बंगलादेशका प्रधानमन्त्री, सरकार र जनतालाई समवेदनासहित सहानुभूति प्रकट गर्नुभएको छ।

प्रधानमन्त्री ओलीले घटनाको छानविनका लागि सरकारले जाँचबुझ आयोग गठन गरेको जानकारी दिनुभएको छ। आयोगले प्रतिवेदन बुझाएपछि घटनाको सत्यतथ्य बाहिर आउने प्रधानमन्त्री ओलीले मन्त्री कलामलाई बताउनुभएको छ।