गुल्मीमा ६ वर्षिय बालिका बलात्कृत



अनिल खत्री, गुल्मी ।

गुल्मीमा ६ वर्षिय नाबालिका बलात्कार भएकी छन् । जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर ३ घर भएकी बालिका १६ वर्षिय युवाबाट बलात्कृत भएकी हुन् । मंगलबार साँझ ४ बजे ६ बर्षिया बालिकालाई चाउचाउ बिस्कुटको लोभ देखाई बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक अनुरागकुमार द्धिबेदीले जानकारी दिए ।

बालिका बलात्कार गरेको आरोपमा गुल्मीको इस्मा गाउँपालिका ४ का १६ बर्षिय हिमाल दमाई (दर्जी) लार्ई प्रहरीले पक्राउ गरेको छ । परिवारको उजुरीका आधारमा दर्जीलाई इस्मा प्रहरीले नियन्त्रणमा लिई मंगलबार नै जिल्ला प्रहरी कार्यालयमा ल्याइएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी सहायक निरिक्षक सत्य यादवले जानकारी दिए ।

इस्मा गाउँपालिकाको न्यायिक समितिको संयोजक तथा उपप्रमुख बिमला खत्रीले बालिका रगतताम्य अवस्थामा भएकाले तत्काल उपचारको लागी सदरमुकाम पठाएको जानकारी दिइन् । बालिकाको राति नै जिल्ला अस्पताल तम्घासमा स्वास्थ्य परिक्षण गरि बुधबार थप उपचारका लागि पाल्पा रिफर गरिएको यादवले बताए ।

आरोपित अहिले प्रहरी नियन्त्रणमा छन् । उनले बालिका बतात्कार गरेको स्वीकारेको प्रहरीले जनाएको छ । प्रहरी नियन्त्रणमा रहेका युवा माथी थप अनुसन्धान भइरहेको र थप कानुनी कारबाहि अगाडी बढाउने तयारी भैरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक द्धिबेदीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्