छाउको त्रासः शौचालय समेत जादैनन् महिलाहरु



विमल विष्ट, डोटी ।
सुन्दा पनि अचम्म लाग्न सक्छ डोटीका महिलाहरु छाउ अर्थात महिनावारी भएको समयमा शौचालय समेत जादैनन् । छाउ भएको समयमा शौचालय समेत छुनु हुन्न भन्ने अन्धबिस्वाका कारण यहाँका महिलाहरु छाउ भएको बेला शौच गर्न नजिकैको खोला वा खुल्ला ठाउ प्रयोग गर्न बाध्य भएका छन् ।

महिवानारी अर्थात छाउ भएको बेला मानिसलाई छाय,गाईबस्तुको दुध,दहि खाय वा घरमा सुते घरमा अनिष्ट हुन्छ भन्ने रुढिबादी परमपराका अनुसार यहाँका महिलाहरु छाउ हुदा ५ देखी ७ दिन सम्म कसैलाई पनि नछुने तथा घरमा समेत नसुत्ने गरेको डोटीको शिखर नगरपालिका–२ की धौली नेपालीले बताउनु भयो ।

उहाँले भन्नु भयो ‘छाउ भएको समयमा घरम सुते,चर्पि प्रयोग गरे वा गाई भैसीको दुध दहि खाय देउता रिसाउने र घरमा अनिष्ट हुन्छ भन्ने डरले हामी न घरमा सुत्छौ,न चर्पि प्रयोग गर्छौ त्यो बेला हामी खोलामा गएर शौच गर्छौ ।’ महिवानारी भएको समयमा महिलाहरु घरबाहिर सुत्दा उनिहरुको अकालमै ज्यान गएको डोटीमा थुप्र्रै उदाहरण भएपनि देउता रिसाउने अन्ध बिस्वार गाउमा अझै कायमै भएका कारण यो समस्याका समाधान हुन नसकेको स्थानिय तुलसी शाहीले बताउनु भयो ।

उहाँले भन्नु भयो ‘महिनावारी भएको महिला घरमा सुते, चर्पि प्रयोग गरे देउता रिसाउछ भन्ने अन्धबिस्वास नहाउन्जेल सम्म यहाँको छाउपडि प्रथा कहिले रोकिने छैन् ।’ महिनावारी भएको समयमा घरैमा सुते असुरक्षित भईदैन भन्ने थाहा हुदा हुदै पनि देउता रिसाउने डरले आफुहरु महिनावारी हुदा अलग्गै ठाउमा सुत्ने तथा चर्पि समेत प्रयोग गर्न नसक्ने अवस्थामा पुगेको जोरायल गाउपालिका ५ की स्थानिय दुर्गादेबी विष्टले बताउनु भयो । उहाँले भन्नु भयो ‘महिनावारी हुँदा भरैमा सुत्ने र पर्चि प्रयोग गर्ने मन हुदाहुदै पनि देउता रिसाउने डरले प्रयोग गर्न सकेका छैनौ ।’

डोटीमा मात्र नभई समग्र सुदूरपश्चिममा छाउपडि प्रथाले बर्षौ देखी जरो गाडेको छ । छाउपडि अन्तका लागि यो क्षेत्रमा बर्षौ देखी दजर्नौ संघ संस्थाले काम गर्दै आएपनि छाउपडि प्रथाको अन्त हुन नसकेको स्थानियबासीको आरोप छ । डोटी जिल्ला लगायत समग्र सुदूरपश्चिमका महिलाहरु प्रायः महिला महिनावारी हुँदा घरमा भएको शौचालय प्रयोग नगरी खोलानाला र खुल्ला ठाउँमा दिसा पिसाव गर्न बाध्य भएका छन् । छाउपडी प्रथाका कारण महिलाले महिनावारी हुँदा शौचालय प्रयोग नगरी खुला ठाउँ रोज्ने गरेका हुन् ।

सुदूरपश्चिममा महिला महिनावरी हुने प्रक्रियालाई छाउन हुने भनिन्छ । छाउपडी प्रथाका कारण महिलले महिनावरी भएको समयमा शैचालय छुदा अशुद्ध हुने मान्यताका कारण महिलाले महिनावारी हुँदा शौचालय प्रयोग नगर्ने गरेको जोरायल गाउपालिका ५ की अर्की स्थानीय कालु सार्किले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्