चैत ९ गतेकाे उपराष्ट्रपति निर्वाचनमा महिलाले उम्मेदवारी दिन नपाउने



काठमाडौँ । निर्वाचन आयोगले उपराष्ट्रपतिको निर्वाचनको मिति घोषणा गरेको छ । राष्ट्रपतिको निर्वाचन सकिएको भोलि पल्टै आयोगले चैत ९ गतेका लागि उपराष्ट्रपतिको निर्वाचन घोषणा गरेको हो । प्रमुख अायुक्त अायोधिप्रसाद यादवको अध्यक्षतामा बुधबार बसेको अायोगको बैठकले उपराष्ट्रपतिको निर्वाचनको मिति तय गरेको अायोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । उनले महिला राष्ट्रपति भएकाले उपराष्ट्रपतिमा पुरूषहरूलेमात्र उम्मेदवारी दिन पाउनेछन ।

आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार उपराष्ट्रपतिका लागि चैत ३ गते उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ । उपराष्ट्रपतिमा यसअघिकै सहमति पालना भए नेकपा माओवादीको कोटामा वर्तमान उपराष्ट्रपति नन्दबहादुर पुन नै दोहोरिने सम्भावना रहेको छ ।

 

नेपाली कांग्रेसले एमालेको उम्मेदवारीमा आफ्नो उम्मेदवारी दिए पनि माओवादी नेता उम्मेदवार भएको पदमा उम्मेदवारी नदिएकाले उपराष्ट्रपतिमा पनि कांग्रेसले उम्मेदवान नदिन सक्छ त्यसो भयो भने पुनः निर्विरोध रुपमा उपराष्ट्रपतिमा निर्वाचित हुने निश्चित छ ।

यद्यपी संघीय समाजवादी फोरम र राजपा पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिने र राष्ट्रपतिलाई मत दिन वाम गठबन्धनका उम्मेदवारको पक्षमा उभिएकाले दलहरुले पुनलाई नै निरन्तरता दिने निर्णय गर्छन वा के गर्छन भन्ने निश्चित हुन बाँकी छ ।

निर्वाचन अायोगको विज्ञप्ति

प्रतिक्रिया दिनुहोस्