उपराष्ट्रपतिको निर्वाचन चैत ९ गते



नेपाल समाचारपत्र,काठमााडौँ ।
राष्ट्रपति निर्वाचन सकिएलगत्तै निर्वाचन आयोगले उपराष्ट्रपतिको निर्वाचन चैत ९ गते तय गरेको जनाएको छ ।

उम्मेदवारी दर्ताको समय ३ गतेलाई तोकिएको छ भने चैत १ गते मतदाता नामावली प्रकाशन गरिनेछ ।

३ गते उम्मेदवारी दर्ता तथा ४ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने भनिएको छ । चैत ९ गते शुक्रबार विहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा मतदान हुने निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्