एयर ट्राफिक कन्ट्रोलका एकैपटक ६ कर्मचारीको सरुवा



नेपाल समाचारपत्र, काठमाडौँ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एयर ट्राफिक कन्ट्रोल टावर (एटीसी) मा कार्यरत ६ जना कर्मचारीको सरुवा गरिएको छ ।

युएस बंगला एयरको विमान दुर्घटनाका बेलामा आफ्नै आँखा अगाडी ठुलो दुर्घटना देख्दा उनीहरुमा मानषिक असर पर्न सक्ने हुनाले उनीहरुको सरुवा गरिएको नेपाल नागरिक उड्ययन प्राधिकरण जानकारी दिएको छ ।

दुर्घटना भएपछि एटीसीका कर्मचारी ‘सक्ड’ हुने भएकाले अन्य विभागमा सारिएको हो ।

प्रतिक्रिया दिनुहोस्