बंगला एयरलाइन्सको ठहरः कन्ट्रोलरुमको गलत निर्देशनले विमान दुर्घटना



नेपाल समाचारपत्र, काठमाडौँ ।

काठमाडौँ स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार भएको विमान दुर्घटना काठमाडौं विमानस्थल एयर ट्राफिक कन्ट्रोलरुम (एटिसी)को गलत निर्देशनले भएको युएस बंगला एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत इमरान असिफले बताएका छन् ।

मंगलबार ढाका स्थित युएस बंगलाको कार्यालयमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन ।
विमान र विमान चालकमा कुनै समस्या नभएको र विमानले ढाकाबाट सुरक्षीत उडान भरेको उनले बताए । यस्तो अवस्थामा अरु कुनै कुरा गलत नभई ट्राफिक कन्ट्रोलबाट भएको गलत निर्देशनका कारण जहाज दुर्घटना हुन पुगेको उनले  दाबी गरे ।

तर, नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले भने टावरको कुनै खराबी नरहेको बताएका छन् । विमानले स्वभाविक हरकत देखाउँदै विमानस्थलको उत्तर तर्फबाट अवतरण गर्ने क्रममा दुर्घटना हुन पुगेको जानकारी दिएका छन् ।

युएस बंगला एयरलाइन्सको जहाज सोमबार त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थल दुर्घटना भएको थियो। चालक दलका सदस्यसहित ७१ यात्रु सवार उक्त जहाज दुर्घटना हुँदा ४९ जनाको मृत्यु भएको थियो।

 

 

प्रतिक्रिया दिनुहोस्