एयर ट्राफिक कन्ट्रोलर्स र चालक दलबीच रनवे प्रयोगमै भएकाे अलमलकाे अडियो सार्वजनिक

0
Shares

त्रिभूवन अन्र्तराष्ट्रिय विमानस्थलमा यूएस बाङ्लाको फ्लाइट नम्बर बीएस–२११ को विमान अवतरणका क्रममा दुर्घटना भयो ।

दुर्घटनाग्रस्त विमानबाट अहिलेसम्म ३० जनालाई उद्धार गरि अस्पताल लगिएको छ भने ३६ जनाको मृत्यु भएको पुष्टि भएको छ । विमानमा ३७ पुरुष, २८ महिला र दुईजना बालबालिका सवार थिए । विमानमा ६७ यात्रु र चालक दलका ४ गरी ७१ जना सवार रहेको जनाइएको छ । जसमा ३३ यात्रु नेपाली रहेको त्रिभूवन विमानस्थलले जनाएको छ ।

बाङ्लादेशको राजधानी ढाकाबाट आएको यूएस बाङ्लाको फ्लाइट नम्बर बीएस–२११ को बम्बाडियर–ड्यास क्यु ४०० सिरिजको विमान दिउँसो २ः१८ मा रेनवेबाट चिप्लिएको थियो ।

प्रत्यक्षदर्शीहरुका अनुसार सिनामंगलबाट हेर्दा दक्षिणबाट आएको विमान एक्कासी अवतरण नगरी कन्ट्रोल टावरलाई छोलाझैं गरी बाँयातर्फ मोडिएर दक्षिण लाग्यो । र फेरी विमान मोड्दामोड्दै पूर्व लागेर भुँइमा बजारियो ।

विमान पूर्णरुपमा क्षतिग्रस्त भएको छ ।

विमान अवतरण अघि विमानस्थल ट्राफिक कन्ट्रोलर्स र चालक दलबीच कुन रनवे प्रयोग गर्ने भन्नेमै दोधारे कुराकानी भएको थियो । कुराकानीमा एयर ट्राफिक र चालकदलबीच ०२ वा २० कुन रनवे प्रयोग भन्ने अलमल देखिएको छ । एयर ट्राफिक कन्टोलर्सले केहीबेर विमान होल्ड गर्न निर्देशन समेत दिएका छन् ।

रनवे–२० भनेको उत्तरबाट दक्षिण हो भने ०२ भनेको दक्षिणबाट उत्तरतिर हो । कुराकानीमा चालक दलले रनवे–२० बाट ओर्लने जानकारी गराएको छ ।

केहीबेर पछिको कुराकानीमा चालकदलले पुनः ०२ बाट अवतरण गर्न लागेको जानकारी दिन्छन् । जसको लागि एयर ट्राफिक कन्टोलर्सले अनुमति दिएको छ ।

सुन्नुहोस् अडियो ।