विमानमा नेपाली यात्रुमध्ये धेरै ट्राभल एजेन्सीका कर्मचारी

0
Shares

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुर्घटना भएको विमानमा ३३ जना नेपाली यात्रु रहेको  जानकारी आएको छ । उनीहरु मध्ये १२ जना नेपालका मुख्य-मुख्य ट्राभल एजेन्सीका कर्मचारी रहेको बताइएको छ ।

उनीहरु युएस बंगला एयरलाइन्सले आयोजना गरेको एक कार्यक्रममा भाग लिन ढाका गएर फर्किएका थिए । योङ ट्राभलकी कर्मचारी सजना देवकोटाको पनि निधन भएको बताइको छ ।