पाइलटको गल्तीले विमान दुर्घटना- नागरिक उड्डयन प्राधिकरण



काठमाडौं । नागरिक उड्डयन प्राधिकरणले चालकको गल्तीका कारण बंगलादेशी विमान दुर्घटनामा भएको बताएको छ। घटना लगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्दै विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले प्रारम्भिक अनुसन्धान अनुसार चालकको गल्तीका कारण विमान दुर्घटना भएको बताए।

‘विमानस्थलको प्राविधिक कक्षको सिग्नल अनुसार सबै ठिक भएको पाइटलले जवाफ फर्काएका थिए। फरक तरिकाले विमान अवतरण गर्न खोज्दा विमान दुर्घटना भएको देखिन्छ,’ क्षेत्रीले पत्रकार सम्मेलनमा भने।
महाप्रबन्धक क्षेत्रीले नियमित रुटभन्दा फरकतिरबाट अवतरण गर्न खोज्दा सम्पर्क हुन नसकेका कारण विमान दुर्घटना भएको बताए।

प्रतिक्रिया दिनुहोस्