विमान दुर्घटनाः ४० यात्रुको मृत्यु,३३ जना नेपाली



नेपाल समाचारपत्र, काठमाडौँ ।

यूएस एयरको विमान दुर्घटनामा ३३ जना नेपाली परेको पुष्टि भएको छ । महिला क्यापटेन रहेको उक्त विमानमा अन्य यात्रू चाहीँ कुन देशको हो भन्ने हालसम्म नखुलेको विमानस्थलका प्रवक्ताले जानकारी दिनुभएको छ ।

दुर्घटना स्थलमा अहिलेसम्म २८ जनाको उद्दार गरिएको छ भने ४० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतकको संख्या अझै बढ्नसक्ने सम्भावना रहेको पनि प्रहरीले जनाएको छ ।

घाइतेहरुको केएमसी, नर्भिक लगायतका अस्पतालमा उपचार भइरहेको छ ।

ढाकाबाट काठमाडौं आएको विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुर्घटना भएको थियो ।

प्रतिक्रिया दिनुहोस्