त्रिभुवन विमानस्थलमा उडान र अवतरण बन्द



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा धावनमार्ग बाहिर युएस बाङ्ला एयरलाइन्सको विमान दुर्घटनामा परेपछि विमानस्थलमा उडान र अवतरण बन्द गरिएको छ। विभिन्न ठाउँबाट आएका विमानहरुलाई अन्यत्र डाइभर्ट गर्न थालिएको छ।

दुर्घटनामा परि घाइते भएकाहरुलाई थापाथलीस्थित नर्भिक अस्पताल लगिएको बताइएको छ। दुर्घटनापछि विमानमा आगो लागेर धुवाँको मुस्लो निस्किएको थियो। आगो पूर्णरुपमा निभाइएको सहकर्मी दिपेन्द्र थापाले जानकारी दिएका छन ।

युएस बाङ्ला एयरलाइन्सको फ्लाइट नम्बर यु बिजी २११ को विमान ढाकाबाट ६७ यात्रु लिएर काठमाडौं आएको थियो। विमानमा चालक दलका चार जना कर्मचारी थिए।

प्रतिक्रिया दिनुहोस्