टस जितेर हङकङले दियो नेपाललाई बलिङको निम्तो



नेपाल समाचारपत्र, काठमाडौं ।

विश्वकप छनोटको समूह चरणको अन्तिम खेलमा नेपाल र हङकङबीचको खेल केहीबेरमा सुरु हुँदैछ। नेपाली समय अनुसार सवा १ बजे सुरु हुने खेलमा हङकङले टस जितेर ब्याटिङ रोजेको छ भने नेपाललाई बलिङको निम्तो दिएको छ ।
प्रतियोगिता जिम्बाबेमा जारी छ ।

तिन खेल खेलेको नेपालले एक जीत पनि गर्न सकेको छैन । नेपाल समूहको अन्तिम स्थानमा रहेको छ भने हङकङले समान खेलबाट अफगानिस्तान विरुद्ध ऐतिहासिक जीत हात पार्दै २ अंक बटुलेको छ।

प्रतिक्रिया दिनुहोस्