पाँचौ नुवाकोट महोत्सव सकियो, दुई करोडको कारोबार

0
Shares

नुवाकोट । ‘समृद्ध नुवाकोट हाम्रो अठोट’ भन्ने नाराका नुवाकोटको सदरमुकाम विदुरमा सञ्चालन भएको पाँचौँ नुवाकोट महोत्सव आइतबार सकिएको छ । महोत्सवमा दुई करोडको कारोवार भएको नुवाकोट उद्योग वाणिज्य संघले जनाएको छ ।

नुवाकोट उद्योग वाणिज्य संघको आयोजनामा फागुन १६ गतेबाट शुरु भएको महोत्सव १२ दिनपछि आइतबार सकिएको हो । महोत्सव एक लाख दर्शकले अवलोकन गरेकोे नुवाकोट उद्योग वाणिज्य संघले जनाएको छ ।

स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ शुरु गरिएको महोत्सवले जिल्लाको समृद्धिका लागि भूमिका खेलेको नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्कीले बताउनुभयो । महोत्सवबाट स्थानीय उत्पादन हस्तकलाका सामग्री र कृषिजन्य उत्पादनको प्रवद्र्धन भएको उहाँले बताउनुभयो ।

११ दिनसम्म सञ्चालन गर्ने पूर्व्निर्धा्रित कार्यक्रम भए पनि महोत्सवमा सहभागी व्यवसायीको मागलाई ध्यानमा राखी एक दिन थप गरिएको आयोजकले जनाएको छ ।

महोत्सवमा स्थानिय उत्पादन विभिन्न स्टलहरुसँगै २ सय ७५ स्टल राखिएको थियो । महोत्सवमा विभिन्न स्थानिय तथा रााष्ट्रिय कलाकारहरुले भरपुर मनोरञ्जन दिएका थिए ।