राष्ट्रियसभा अध्यक्षमा एमालेबाट गणेश तिमिल्सिना उम्मेदवार



नेपाल समाचारपत्र, काठमाडौँ ।

नेकपा एमालेले राष्ट्रियसभा अध्यक्षमा गणेश तिमिल्सिनालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान बसेको एमाले शीर्ष नेताहरुको बैठकले राष्ट्रियसभा अध्यक्षमा पर्वत जिल्ला सभापति एवंम प्रदेश नम्बर ४ का एमाले सहसंयोजक तिमिल्सिनालाई उठाउने निर्णय गरेको हो ।

उनी प्रदेश नम्बर ४ बाट राष्ट्रियसभामा एमालेबाट निर्वाचित प्रतिनिधि हुन् ।

राष्ट्रियसभा अध्यक्षको निर्वाचन बुधबार हुने निर्वाचन आयोगले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्