अवैध १६ किलो चाँदीका गहनासहित २ जना पक्राउ

0
Shares

काठमाडौं । अवैध १६ किलो २५० ग्राम  चाँदीका गरहना सहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

राजधानीको  झोछेमा भन्सार छली चोरी पैठारी गरी  सुनचाँदीको अवैध कारोवार हुदै गरेको छ भन्ने विशेष सुचनाको आधारमा पुगेको महानगरीय प्रहरी बृत्त  जनसेवाको विशेष टोलीले  विरगंज महानगरपालिका वडा नं २ का  सुरेश सर्राफ र वडा नं ३ का कृष्णा सर्राफलाई  नियन्त्रणमा लिएको हो ।

चाँदीको फेन्सी पाउजु, कम्मरमा लगाउने साडि बोल्ट, चाबी रिङ्ग लगायतका विभिन्न किसिमका गरगहनाहरु खानतलासीका क्रममा बरामद भएको प्रहरीले जनाएको छ ।  सुरेशको साथबाट  नगद  ९८ हजार ५०० समेत बरामद  भएको जनाइएको छ ।
यसबारे थप अनुसन्धान भइरहेको  महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

यस्ताे छ घटना विवरणः

का.जि.का.म.न.पा.वडा नं. २३ झोछेमा भन्सार छली चोरी पैठारी गरी सुनचाँदीको अवैध कारोवार हुदै गरेको छ भन्ने विशेष सुचनाको आधारमा तत्काल मनप्र वृत्त जनसेवाको विशेष टोली र पि.सि.सि.वि. सहितको प्रहरी टोलीले मिति २०७४/११/२७ गते अं.१४:३० वजेको झोसे ईलाकामा परिचालन भई निग्रानी गरि शंकास्पद तवरले  पिठ्ठुमा झोला बोकी हिडडुल गरि रहेको अवस्थामा शंका गरि चेकजाँच गर्दा निम्न व्यक्तिहरुसंग निम्न १६ किलो २५० ग्राम चाँदी सहिद नगद रु ९८,५००।–समेत बरामद भएकोले निजहरुलाई पक्राउ गरि मनप्र वृत्त जनसेवामा लगि अ.अ कार्य गर्दा उक्त चाँदीको गरगहनाको विल एंव नगद रकमको स्रोत माग गर्दा प्रमाण पेश गर्न नसकेको हुदा चाँदीका गरगहना तथा नगद निजको साथबाट कानुन बमोजिम रितपुर्वक बरामद गरी थप अनुसन्धान कार्य भई रहेको ।

 

पक्राउ परेका व्यक्तिहरु नाम थर, ठेगाना  

  • जिल्ला पर्सा विरगंज महानगरपालिका वडा नं.२ श्रीराम हल नजिक स्थायी वतन भई हाल का.जि. नागार्जुन नगरपालिका वडा नं.७ सितापाईला बस्ने बर्ष ४० को सुरेश सर्राफ
  • सुरेश सर्राफ संगै रहेका जिल्ला पर्सा विरगंज महानगरपालिका वडा नं.३ छप्कैया बस्ने बर्ष ३० को कृष्णा सर्राफलाई समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भई रहेको ।।

 

वरामद भएका अवैध चाँदीका गहनाहरु

  • सुरेश सर्राफवाट वरामद भएका चाँदीको फेन्सी पाउजु, कम्मरमा लगाउने साडि बोल्ट, चाबी रिङ्ग लगाएतका विभिन्न किसिमका गरगहनाहरु गरी १६ किलो २५० ग्राम  साथै निजको साथबाट नगद रु ९८,५००।–समेत बरामद ।