सप्ताहव्यापी कार्यक्रम गर्दै रोट्याक्ट पर्वत

0
Shares

पर्वत । युवाहरुको सामाजिक संस्था रोट्याक्ट क्लव अफ पर्वतले रोट्याक्ट सप्ताह २०१८ भव्यताका साथ मनाउने तयारी गरेको छ । अन्तराष्ट्रिय रुपमा रोटरी इन्टरनेशनलले युवा कार्यक्रमको रुपमा अघि सारी क्लवको स्थापना गरेको अवसर पारेर मार्च १३ बाट सप्ताह मनाउन लागेको हो ।

रोट्याक्ट क्लव अफ पर्वतले विगतका बर्षहरुमा जस्तै मार्च १३ अर्थात फागुन २९ देखि चैत ६ गते सम्म सञ्चालन हुने गरी सप्ताहव्यापी कार्यक्रम सार्वजनिक गरेको छ । आइतबार एक पत्रकार सम्मेलन गरी क्लवले साताव्यापी कार्यक्रमको जानकारी गराएको हो । जस अन्तर्गत पहिलो दिन जनता सुदर्शन मावि ठूलिपोखरीमा सप्ताहको शुरुवात सँगै अक्षयकोष स्थापना कार्यक्रम तय गरेको छ ।

त्यसै गरी दोश्रो दिन पर्यटकीय स्थल नेपालकै अग्लो तथा लामो कैया झोलुङगे पुलमा सरसफाई कार्यक्रम, तेश्रो दिन ट्राफिक सचेतना तथा लागुपदार्थ दुव्र्यसन सम्बन्धि अन्तरक्रिया कार्यक्रम, चौथो दिन रोट्याक्ट र पर्वतका जनप्रतिनिधिहरुबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता, पाँचौ दिन कुश्मा नगरपालिका १३ धुस्तुङको जनजागृती प्राविमा शैक्षिक सामग्री वितरण कार्यक्रम छैठौँ दिन संस्कृति जगेर्नाका लागि सांस्कृतिक ¥याली कार्यक्रम र चैत्र ६ गते समापन कार्यक्रमको आयोजना गरेको छ ।

क्लवले सातै दिन सञ्चालन हुने सवै कार्यक्रम सञ्चालन तथा व्यवस्थापनका लागि संयोजक रहने गरी कार्य विभाजन समेत गरेको छ ।
यस बर्ष गरिने रोट्याक्ट सप्ताहमा सामाजिक, शैक्षिक, खेलकुद, युवा वर्ग तथा पर्यटकीय महत्वलाई समेत प्राथमिकता दिएर कार्यक्रम सञ्चालन गर्न लागिएको सप्ताहका मुल संयोजक गणेश पौडेल टुआरजीले जानकारी दिए । सप्ताहमा ग्रामीण क्षेत्रलाई बढी प्राथमिकता दिएर कार्यक्रमहरु तय गरिएको क्लवले जनाएको छ ।