डोटी बन्द

0
Shares

विमल विष्ट, डोटी । से २ त ९०८ नम्बरको टयाक्टरले बालकलाई किचेपछि क्षेती पुर्ति माग गर्दै स्थानियले गएराती देखी डोटीमा चक्का जाम गरेका छन् । सो टयाक्टरले शिखर नगरपालिका १ खाती गाउ बस्ने बर्ष ३ को बिस्वास खातीलाई हिजो आईतबार राजपुर बजारमा ठक्कर दिदा उनको घटना स्थलमै ज्यान गएको थियो । ठक्कर दिने टयाक्टर मालिक संग १२ लाख क्षती पुर्ति माग गर्दै मृतकका आफन्तले डोटीमा चक्का जाम गरेका हुन् ।

चक्का जामका कारण तराई बाट अछाम,बाजुराका लागि आएका दजर्नौ सवारी साधनहरु अहिले डोटीको कुल्पातेमा जाममा परेका छन् । सो गाडीमा भएका सयौ यात्रुहरु बिच बाटोमै अल्पत्रमा परेका छन् । मृतकका आफन्तहरु संग बाटो खोल्ने बिषयमा बार्ता भईरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । मृतकका आफन्तले कुलपातेमा ढुंगा,मुडा तेस्यायर बाटो अबरोध गरेका छन् ।