राष्ट्रियसभा अध्यक्षको मनोनयन दर्ता हुँदै

0
Shares

नेपाल समाचारपत्र, काठमाडौँ ।

राष्ट्रियसभा अध्यक्षका लागि सोमबार मनोनयन दर्ता हुने भएको छ। निर्वाचन आयोगले मनोनयन दर्ताका लागि बिहान १० बजेदेखि दिउँसो १ बजेसम्मको समय तोकेको छ । आयोगका अनुसार मनोनयन दर्ता लगतै उम्मेदवारको नामावली सार्वजनिक गरिने छ । राष्ट्रियसभा अध्यक्षको निर्वाचन भने बुधबार मात्र हुनेछ ।

एमाले र माओवादीबीच राष्ट्रियसभा अध्यक्ष एमालेले पाउने सहमति भइसकेको छ । सभामुख पद लिएको माओवादीले राष्ट्रियसभा अध्यक्षमा भने एमालेलाई सघाउने भएको छ । सभामुखमा माओवादीका कृष्णबहादुर महरा निर्विरोध निर्वाचित भइसकेका छन् ।

राष्ट्रियसभाको निर्वाचनमा प्रदेशसभा तथा प्रतीनिधिसभामा निर्वाचीत प्रतिनिधिले मात्रै भोट हाल्न पाउने छन् भने सरकारको सिफारिसमा राष्ट्रियसभा सदस्यमा राष्ट्रपतिबाट मनोनित डा. युवराज खतिवडा, रामनारायण विडारी र डा. विमला पौडेलले भने भोट हाल्न नपाउने भएका छन्।