घाइते राधालाई भेट्न अस्पताल पुगे मुख्यमन्त्री भट्ट



नेपाल समाचारपत्र, कैलाली ।
प्रदेश नम्बर सातका मुख्यमन्त्री त्रिलोचन भट्टले बोक्सीको आरोपमा कुटपिट भएकी १८ बर्षिया राधा चौधरीलाई भेट्न अस्पताल पुगेका छन् ।

चौधरीलाई भेट्न आइतबार विहान अस्पताल पुगेका मुख्यमन्त्री भट्टले उपचारका विषयमा चिकित्सकसँग जानकारी लिएका छन् । उनले चौधरीलाई भेटेर सामान्य कुराकानी समेत गरेका छन् ।

राधासँगको भेटपछि समाचारदाताहरुसँग कुरा गर्दै भट्टले चौधरीको उपचारमा कुनै कसर बाँकी नराक्ने र
दोषीलाई कडा भन्दा कडा कारवाही गर्ने बताए । उनले अब समाजमा यस्ता घटना हुन नदिन जनचेतना जागरण अभियान संञचालन समेत गर्ने प्रतिवद्धता व्यक्त गरे।

अहिले घाइते चौधरीको सेती अञ्चल अस्पतालमा उपचार भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्