सभामुख महराद्वारा शपथ ग्रहण



नेपाल समाचारपत्र, काठमाडौँ ।
नवनिर्वाचित प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको छ ।
पटक पटक मन्त्री पद खाइसकेका माओवादी केन्द्रका नेता महरा शनिबार सभामुखमा निर्विरोध निर्वाचित भएका थिए ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा भएको शपथ समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, मन्त्रिगण, संवैधानिक र सुरक्षा निकायका प्रमुख, उच्चपदस्थ कर्मचारीलगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्