ओलीले भोलि संसदमा विश्वासको मत लिने, दुई तिहाइ बढी मत पाउने निश्चित

0
Shares

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा भोलि विश्वासको मत लिने भएका छन । नेपालको संविधानको धारा ७६ को उपधारा ४ मा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा दुई वा दुई भन्दा बढी दलको समर्थनमा नियुक्त भएका प्रधानमन्त्रीले एक महिनाभित्र संसदमा विश्वासको मत लिनु पर्ने व्यवस्था छ ।

सोही अनुसार ओलीले विश्वासको मत लिन लागेका हुन । शनिबार बसेको प्रतिनिधिसभाको बैठकमा अध्यक्षता गरिरहेका जेष्ठ सदस्य महन्थ ठाकुरले ओलीले भोलि आइतबार विश्वासको मत लिने जानकारी दिएका हुन ।

ओली नेकपा एमाले र नेकपा माओवादी केन्द्रको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका हुन । उनलार्ई संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टीले पनि समर्थन गर्ने भएकाले संसदमा दुई तिहाई बढी मत पाउने निश्चत भएको छ ।