एमाले र माओवादी केन्द्र एकता घोषणाकाे मिति निश्चित



काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले चैतको पहिलो साता मात्र सरकारले पूर्णता पाउने बताउनु भएको छ ।

‘सरकारमा तराई केन्द्रित दललाई पनि सहभागी गराउने प्रयास भइरहेको छ’ सचिव भट्टराईले शनिबार प्रतिनिधिसभा बैठकअघि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै भन्नुभयो, ‘त्यही कारणले मन्त्रीमण्डल बिस्तारमा ढिलाई भएको हो । चैतको पहिलो सातासम्म मन्त्रीमण्डलले पूर्णता पाउँछ ।’

सचिव भट्टराईले चैत ९ गते एमाले र माओवादी केन्द्रबीचको एकता घोषणा गर्ने तयारी भइरहेको जानकारी गराउनु भयो । ‘चैत ९ गते कम्युनिष्ट पार्टी स्थापना दिवस पनि हो’ उहाँले भन्नुभयो, ‘संभवत त्यहीदिन एकता घोषणा हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्