बेनी नगरपालिकाका कपडा व्यवसायी बेपत्ता

0
Shares

म्याग्दी । बेनी नगरपालिका– ४ सिंगा तातोपानीका एक व्यवसायी १० दिनदेखि बेपत्ता छन् ।  मुस्ताङको लोमान्थाङ गाउँपालिका–३ घर भई तातोपानीमा व्यवसाय गर्दै आएका ५० वर्षीय छयोन्तेन गुरूङ बेपत्ता भएका हुन् ।

उनी फागुन १५ गते फेन्सी सामान खरिद गर्न काठमाडौं गएका थिए तर अहिलेसम्म परिवारको सम्पर्कमा आएका छैनन् ।

हिडेकै दिनदेखि मोबाइलमा सम्पर्क नभएपछि पत्नी हिमाले खोजी दिन प्रहरीलाई अनुरोध गरेकी छन् । ‘उहाँको फोन पनि लाग्दैन’ उनले भनिन् धेरै ठाउँमा खोज्यौ तर केही पत्तो पाइएन ।’