वरिष्ठ उपाध्यक्ष हारेका प्रधान महासङ्घको जिल्ला नगर उपाध्यक्षमा निर्वाचित

0
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घको रिक्त जिल्ला र नगर उपाध्यक्षको शुक्रबार भएको निर्वाचनमा किशोर प्रधान निर्वाचित भएका छन् । प्रधान यसअघि महासङ्घमा शेखर गोल्छासँग वरिष्ठ उपाध्यक्षमा पराजित भएका थिए ।

प्रधानले आफ्ना प्रतिद्वन्द्वी निरक केसीलाई हराउँदै उपाध्यक्षमा निर्वाचित भएका हुन् । प्रधानले ६५ र केसीले ३३ मत प्राप्त गरेका थिए ।

महासङ्घमा उपाध्यक्ष निर्वाचित भएपछि प्रमोद श्रेष्ठ राजनीतिक पार्टीमा सक्रिय भएको भन्दै महासङ्घले कारबाही गरेको थियो । कारबाहीसँगै जिल्ला र नगर उपाध्यक्षको पद खाली थियो । श्रेष्ठले चुनाव रोक्न सर्वोच्च अदालतमा रिट गरेका थिए तर अदालतले रिट खारेज गरेको थियो । बुधबार भएको फैसलाअनुसार निर्वाचन तोकिएकै मितिमा गर्न महासङ्घलाई बाटो खुलेको थियो ।