सांसद रेशम चौधरी सिकिस्त



काठमाडौं । टिकापुर घटनामा मुख्य योजनाकारका आरोपी एवम् कैलाली निर्वाचन क्षेत्र नम्बर १ राष्ट्रिय जनता पार्टी नेपालबाट प्रतिनिधिसभाका सांसद बन्नुभएका रेशमलाल चौधरी अस्पताल भर्ना हुनु भएको छ ।

आफु निर्दोष रहेको बताउँदै आउनुभएका सांसद चौधरीले आफुमाथि राज्यले अन्याय गरेको भन्दै फागुन २० गतेदेखि अनशन थाल्नु भएको थियो ।सांसद चौधरी अनशनको छैंटौ दिन अस्पताल भर्ना हुनु भएको छ । चौधरीको अवस्था गम्भिर रहेको बताईएको छ । उहाँलाई उपचारका निम्ति सेती अञ्चल अस्पताल धनगढीमा भर्ना गरिएको छ ।

कैलाली जिल्ला अदालतले सोधपुछका निम्ति थुनामा राख्न प्रहरीलाई आदेश दिएपछि चौधरी कारागारमा छन् ।

प्रतिक्रिया दिनुहोस्