‘सरकार आर्थिक विकास र समृद्धिमा केन्द्रित’



ललितपुर । रक्षामन्त्री ईश्वर पोखरेलले सरकार मुलुकको आर्थिक समृद्धिमा केन्द्रित भएको बताउनु भएको छ । एमाले महासचिव समेत रहनु भएका मन्त्री पोखरेलले मुलुकको आर्थिक विकास र समृद्धिमा केन्द्रित हुन सबै राजनीतिक दलहरुलाई आह्वान पनि गर्नुभयो । शुक्रबार ललितपुरमा आयोजित प्याब्सनको १२ औं राष्ट्रिय साधारणसभालाई सम्बोधन गर्दै उहाँले मुलुकको आर्थिक समृद्धि र विकासमा लागिनपर्ने राजनीतिक दलहरु लोप हुँदै जाने चेतावनी समेत दिनुभयो । रक्षामन्त्री पोखरेलले प्याब्सनले मुलुकको शैक्षिक क्षेत्रको विकासमा योगदान दिएको उल्लेख गर्दै अब मुलुकलाई समृद्ध बनाउने राष्ट्रिय कार्यभार पूरा गर्ने योजना तय गर्न पनि आग्रह गर्नुभयो । उहाँले मुलुक निर्माणका लागि नीति, योजना, कार्यक्रम र आचरण सबै हिसाबले लाग्नुपर्ने आवश्यता पनि औंल्याउनु भयो । रक्षा मन्त्री पोखरेलले राजनीतिक संक्रमणकाल सकिएकाले अव सबैले मुलुकको आर्थिक विकासलाई मूल एजेन्डा बनाएर अघि बढनुको विकल्प नरहेको पनि स्मरण गराउनु भयो ।

प्रतिक्रिया दिनुहोस्