संघीय सभामुखमा कृष्णबहादुर महरा निर्विरोध

0
Shares

काठमाडौँ । प्रतिनिधिसभा सभामुखमा कृष्णबहादुर महरा निर्विरोध निर्वाचित हुनुभएको छ । सभामुखमा महराको मात्रै उम्मेदवारी परेपछि निर्विरोध हुने निश्चित भएको हो । औपचारिक घोषणा भने भोलि हुनेछ ।

सभामुखमा लबिङ गरिरहेको नेकपा एमालेलेले महरालाई समर्थन गरेको छ । महराका मनोनयनमा एमाले नेता सुवास नेम्वाङ प्रस्तावक र समर्थकमा माओवादी नेता देव गुरुङ हुनुहुन्छ ।

माओवादी केन्द्रले शुक्रबार विहान मात्र महरालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको थियो । उपसभामूखमा दाबी गर्दै नेपाली कांग्रेसले भने सभामूखमा उम्दवारी नै दिएको छैन । कांग्रेसले नउठाएपछि महरा निर्वाचित हुने निश्चित भएको हो ।