राष्ट्रियसभामा मनोनित ३ सदस्यले सपथ लिए

0
Shares

काठमाडौं  राष्ट्रियसभामा सरकारबाट मनोनित ३ सदस्यले सपथ लिएका छन् । सर्वोच्च अदालतबाट जारी भएको अन्तरिम आदेश खारेज भएपछि अर्थमन्त्री डा युवराज खतिवडासहित ३ जनाले शुक्रबार राष्ट्रियसभा सदस्यका लागि सपथ लिएका हुन् ।

उनीहरुले राष्ट्रियसभाकी ज्येष्ठ सदस्य तारादेवी भट्टबाट उनीहरुले सपथ लिएका हुन् । मनोनीत ३ सांसदलाई सपथ लिन बाटो सर्वोच्चले फागुन २३ गते खुला गरिदिएको थियो । अदालतले राष्ट्रियसभा सदस्य एवं अर्थमन्त्री डा खतिवडा, रामनारायण बिडारी र डा विमला राई पौड्याललाई सपथ ग्रहणका लागि बाधा नपर्ने भएकाले अन्तरिम आदेश जारी गर्न नपर्ने आदेश दिएको थियो ।

 

यसअघि उनीहरुलाई तत्काल सपथ नगराउनू भनी फागुन १३ मा जारी भएको अल्पकालीन अन्तरिम आदेशलाई बुधबार न्यायाधीश केदारप्रसाद चालिसे र शारदाप्रशाद घिमिरेको इजलासले निरन्तरता दिइरहनु नपर्ने आदेश सुनाएको हो । सर्वोच्चको अन्तरिम आदेशका कारण राष्ट्रियसभामा मनोनित ३ सांसदले फागुन २० मा सपथ लिन पाएका थिएनन्।