राष्ट्रपति निर्वाचनकाे अन्तिम नामावली आज प्रकाशसन



काठमाडौं । फागुन २९ गते हुने राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारको अन्तिम नामावली आज प्रकाशन गरिने छ ।

निर्वाचन आयोगले आजै उम्मेदवारको दाबी विरोधमा उजुरी परेमा मनोनय पत्र र उजुरी उपर जाँचबुझ गरिने जनाएको छ ।

राष्ट्रपति पदमा मनोनयन उम्मेदवारको नामावली । आजै प्रकाशन गर्ने कार्यतालिका छ । उम्मेदवारले बेलुका साँढे ४ बजेदेखि साँढे ५ बजेसम्म उम्मेदवारी फिर्ता लिन सक्नेछन् । राष्ट्रपति पदको निर्वाचनका लागि वाम गठबन्धनबाट वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले उम्मेदवारी दिएकी छन् । एमालेले भण्डारीलाई राष्ट्रपति पदमा उम्मेदवार बनाएपछि नेपाली कांग्रेसबाट कुमारीलक्ष्मी राईले उम्मेदवारी दिएकी छन् ।

त्यस्तै, निर्वाचन आयोगले राष्ट्रपति पदको निर्वाचनका लागि निर्वाचन आचारसंहिता लागू गरेको छ । प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोधीप्रसाद यादवको अध्यक्षतामा बुधबार बसेको बैठकले राष्ट्रपतिको निर्वाचन अवधिभर लागू हुने गरी निर्वाचन आचारसंहिता, २०७२ जारी गरेको हो ।

निर्वाचनलाई स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम गर्न बुधबारबाट निर्वाचन आचारसंहिता लागू गरेको हो ।

प्रतिक्रिया दिनुहोस्