लागूऔषधसहित कारोबारी पक्राउ

0
Shares

नेपाल समाचारपत्र
काठमाडौं
ग्रिजको बट्टामा डुबाएर ओसार–पसार गर्न लागेको लागूऔषधसहित ३ जना पक्राउ परेका हुन्। काठमाडौंको परोपकार पुलबाट पक्राउ परेका बारा गढिमाईका विगु रायभर र भारत दरभंगाका महम्मद रियाजुद्दिनले २० लिटर र ५ लिटरको ग्रिजको बाल्टीमा डाइज्यालाप, नुफिन, फेनारागनलगायतका लागूऔषध डुबाएर ल्याएको प्रहरीले भेटाएको छ।प्रहरीले विगु र महम्मदले टर्बो प्लस ग्रिजको १८ केजीको बाल्टीनमा डुबाएर ल्याएको डाइज्यालाप, नुफिन फेनारागन गरी १ हजार सेट बरामद गरेको हो।

उनीहरूले ५ केजीको बाल्टीमा २५०–२५० वटा गरी ५ सय सेट, दुई वटा जेब्रा झोलामा डाइज्यालाप, नुफिन र फेनारागन गरी १ सय सेट ल्याएका थिए। प्रहरीले उनीहरूको साथबाट ल्यापटप, गाँजा पेल्ने मेसिन पनि बरामद गरेको छ।

बरामद भएको लागूऔषधको बजार मूल्य २३ लाख रुपियाँ बराबरको रहेको प्रहरीले जानकारी दिएको छ। पक्राउ परेकाहरूलाई महानगरीय प्रहरी परिसर काठमाडौंले बुधबार सार्वजनिक गरेको हो।