इफरान दुर्लभ रोगबाट पीडित

0
Shares

बलिउड अभिनेता इफरान खान एक दुर्लभ रोगबाट पीडित भएका छन्। यो रोगका बोरमा गरिएको उपचारको अन्तिम रिपोर्ट आएपछि मात्र यसको बारेमा अरू जानकारी दिने उनले ट्विटरमार्फत उल्लेख गरेका छन्।

उनले ट्विटरमार्फत यस रोगबाट आफ्नो पारिवारिक सदस्यहरू विचलित बनेको पनि बताएका छन्। इरफानले प्रशंसकलाई उनको स्वास्थ्यको बारेमा अड्कल नलगाउनसमेत अपिल गरेका छन्। ५१ वर्षीय यी अभिनेताले आफ्नो जिन्दगी १५ दिनदेखि अनिश्चितताको कथा बनेको जनाउँदै भनेका छन्– ‘मलाई यस बारेमा थाहा थिएन कि यो दुर्लभ कहानीको खोजी गर्दा मलाई दुर्लभ रोग मिल्नेछ। तर, मैले कहिल्यै पनि आशा मारेको छैन। मैले जहिल्यै आफ्नो लागि लडाइँ लडें र लडिरहनेछु।’

उनले अगाडि भनेका छन्– ‘मेरो परिवार तथा साथीहरू मेरा साथमा छन् र हामीहरू यस रोगसँग लड्ने राम्रो बाटोको खोजीमा छौं।

यस कोसिसको दौरान कृपयाँ अड्कल नलाउनुहोला। किनभने एक हप्तादेखि १० दिनभित्रमा म आफैं तपाईंहरूमाझ आफ्नो कहानी साझा गर्नेछु। त्यति बेलासम्म मेरो लागि प्रार्थना गर्नुहोला।’ गत फ्रेबुअरीमा उनको प्रवक्ताले उनको रिपोर्टअनुसार उनी गम्भीर जन्डिसबाट पीडित भएको बताएका थिए।