‘दृष्टिविहिनलाई सगरमाथा चढ्नबाट बञ्चित नगर्नु’



प्रशान्त वली, काठमाडौं । सर्वोच्च अदालतले दृष्टिविहिनलाई सगरमाथा चढ्नबाट बञ्चित नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

दृष्टिविहिन अमित केसी नामले चिनिने चित्रबहादुर खत्री क्षेत्रीले आफूलाई सरकारले गैर कानुनी र गैरसंवैधानिक रुपमा सगरमाथा चढ्नबाट बञ्चित गरेको भन्दै हालेको मुद्दाको सुनुवाई गर्दै सर्वोच्च अदालतको संवैधानिक इजलासले अन्तरिम आदेश जारी गरेको हो ।

पर्वतारोहण नियमावलीमा रहेको शारीरिक रुपमा फरक क्षमता भएका व्यक्तिलाई हिमाल चढ्न नदिनेगरी ल्याएको व्यवस्थाको खारेज गर्न माग गर्दै बाग्लुङ जयमुनी नगरपालिका–४ का दृष्टिविहिन केसीले मंगलवार मुद्दा दर्ता गराउनुभएको थियो ।

आफ्नो दुवै आँखा गुमेको र विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको अन्तिम तयारीमा रहेको बेला पर्वतारोहण नियमावली वाधक बनेको उहाँको दावि थियो ।

प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली नेतृत्वको संवैधानिक इजलासमा न्यायाधीशहरु दीपकराज जोशी, चोलेन्द्रशम्शेर राणा, ओमप्रकाश मिश्र र दीपककुमार कार्कीको इजलासले यस्तो आदेश जारी गरेको हो ।

प्रतिक्रिया दिनुहोस्