राष्ट्रपति भण्डारीद्वारा पुनः राष्ट्रपतिमा उम्मेदवारी दर्ता



काठमाडौँ । राष्ट्रपतिको उम्मेदवार दर्ता गर्ने राष्ट्रपति विद्या भण्डारी नयाँ बानेश्वर स्थित संसद भवन पुग्नुभएकाे छ ।

नयाँ बानेश्वर स्थित संसद भवन पुगेर राष्ट्रपति भण्डारीले राष्ट्रपतिमा उम्मेदवारी दर्ता गराउनुभएकाे हाे ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रको समर्थनमा उहाँले दोस्रो पटक राष्ट्रपति हुन थाल्नुभएकाे छ ।

अाज दिउँसो संसद सचिवालयमा रहेको निर्वाचन अधिकृतको  कार्यालयमा गई उहाँले उम्मेदवारी दर्ता गराउनुभएकाे छ । राष्ट्रपति कार्यालयका प्रेस सल्लाहकार माधव शर्माका अनुसार  भण्डारीले राष्ट्रपतिमा भर्खरै उम्मेदवारी दर्ता  गराउनुभएकाे छ ।

प्रतिक्रिया दिनुहोस्