फोरम सरकारमा सहभागी हुने



काठमाडौं । संघीय समाजवादी फोरम सरकारमा सहभागी हुने भएको छ ।

फोरम पदाधिकारीको मंगलबार बसेको बैठकले केपी ओली नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको हो ।

नेताहरुका अनुसार आजै वाम गठबन्धन र फोरमबीच सहमति हुन तयारी छ । फारमसँग पटक पटक भएको एमाले र माओवादीको वार्तामा सहमतिका आधारमा संविधान संशोधन गर्ने प्रतिवद्धता जनाएका थिए ।

लामो समय छलफल भए पनि मन्त्रालय भागवण्डा नमिलेका कारण सहमतिले अन्तिम रुप पाउन सकेको थिएन । वाम गठबन्धनले दुई मन्त्री र एक राज्यमन्त्री प्रस्ताव गरेको छ भने फोरमले उपप्रधानसहित तीन मन्त्री र उपसभामुखको दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्