एमाले माओवादी एकतामा कुनै शंका छैनः प्रधानमन्त्री ओली

0
Shares

काठमाडौं, (नेस)
प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले र माओवादी केन्द्रकोबीच पार्टी एकता हुनेमा कुनै शंका नरहेको बताउनुभएको छ। ओलीले देश निर्माणका लागि दुवै पार्टीका नेताहरू आफ्नो स्वार्थ त्याग्न तयार रहेको बताउनुभएको हो।

सुखानीमा साहदत प्राप्त गर्नुहुने शहीदहरूको सम्मानमा ४५ औं सहिद स्मृति दिवशका अवरमा सोमवार पार्टी र्काालय धुम्बाराहीमा आयोजित कार्यक्रममा उहाँले केही प्रतिक्रियावादीहरू एमालेका नेताहरू एकता गर्न मानेका छैनन् भनेर कुप्रचार गर्न लागेको बताउनुभयो।

प्रधानमन्त्री ओलीले एमालेमा सबै अनुभवी र खारिएका नेता भएकोले त्यस्ता प्रचारको कुनै अर्थ नहुने बताउनुभयो। उहाँले भन्नुभयो,‘एमाले त्यस्तो मुसा होइन जो प्रतिक्रियावादीले थापेको पासोमा फ्याट् परोस।’
सुखानीका सहिदहरूको बलिदानको स्मरण गर्दै प्रधानमन्त्री ओलीले लोकतन्त्रका लागि सहिदहरूले देखाएको बाटोबाट आफू कहिल्यै विचलित नहुने प्रतिवद्धता जनाउनुभयो।

पञ्चायती शासकले हत्या गरेका सुखानी ५ जना सहिद,दुर्गानन्द झा,भिमदत्त पन्त लगायतलाई सहिद घोषणा विगतका सरकारले कञ्जस्यांई गरेको ओलीले बताउनुभयो। ‘दुईबर्ष अघि म प्रधानमन्त्री भएको बेला मात्र वहाँहरूलाई राज्यको तर्फबाट सहिद घोषणा गरियो,उहाँले भन्नुभयो।’

प्रधानमन्त्री ओलीले सरकार सबै नागरिकलाई अधिकार,अवशर,सुरक्षा र सम्मानको प्रत्याभुत गर्न तयार रहेको बताउनुभएको छ। ‘सहिदहरूले सामाजिक सद्ध्भाव,राष्ट्रिय एकता,शान्ती र सृमद्धिका लागि नै बलिदान गरेका थिए’ प्रधानमन्त्री ओलीले भन्नुभयो –सहिदहरूको त्यो भावनाको हमी उच्च कदर गरेर काम गर्छौं।’

वामगठबन्धनको बहुमतको सरकार देखेर केही मानिसहरू आतिएको बताउदै प्रधानमन्त्री ओलीले यसलाई विभिन्न वहानामा कमजोर पार्ने कोशिसहरू असफल हुने बताउनुभएको छ।

कम्यूनिष्टहरूलाई फुटाएर फेरी आफ्नो राज स्थापना गर्न सकिन्छ कि भनेर कसैले सोच्नु सपनामा चकलेट खाए जस्तो मात्र हुन्छ, ओलीले भन्नुभयो। ‘सपना चकलेट खाएको देख्यो ,व्यूझिंदा मुख गुलियो हुदैन’, प्रधानमन्त्री ओलीले भन्नुभयो,‘कम्युनिष्टलाई फुटाएर आफ्नो शासन चलाउन सकिन्छ भन्ने कसैले सोचेको छ भने त्यसको हविगत सपनाको चकलेट जस्तै हुन्छ।’
तत्कालिन शासकले पञ्चायती व्यवस्थाका विरुद्ध आन्दोलन गरेको आरोपमा पक्राउ गरेका पाँच झापाली योद्धाहरू रामनाथ दाहाल,नेत्र घिमिरे,विरेन राजवंशी,कृष्ण कुंइकेल र नारायण श्रेष्ठलाई झापा र इलामको सिमानाम पर्ने सुखानीको जंगलमा लगेर गोली हानी हत्या गरेका गरिएको थियो।