रक्षा मन्त्री पोखरेल सैनिक मुख्यालयमा

0
Shares

नेपाल समाचारपत्र
काठमाडौ
नेपाली सेनाले नवनियुक्त रक्षामन्त्री ईश्वर पोखरेललाई जंगी अड्डामा आयोजित एक बिषेश कार्यक्रमका बीच नेपाली सेना सम्बन्धी परिचयात्मक जानकारी गराईएको छ।

कार्यक्रमको शुभारम्भमा प्रधानसेनापति राजेन्द्र क्षत्रीले नव नियुक्त रक्षा मन्त्रीलाई नेपाली सेनाको तर्फबाट स्वागत गर्नु हुँदै मन्त्रीको कार्यकालमा नेपालको राष्ट्रिय सुरक्षा तथा नेपाली सेनाको समयानुकुल आधुनिकीकरण एवं सांगठनिक सुधार र पेशागत दक्षता विकासमा महत्वपूर्ण उपलब्धी हासिल हुने विश्वास व्यक्त गर्नु भयो। सोही अवसरमा उहाँले सर्वत्र, चासो र चिन्ताको विषय बनेको राष्ट्रिय गौरवको काठमाडौं–तराई⁄मधेश दु्रतमार्ग आयोजना रक्षा मन्त्रालय लगायत सरोकारवाला निकायहरूको सद्भाव सदाझै प्राप्त भएमा समय सिमाभित्र पुरा हुने बताउनु भएको थियो।

कार्यक्रमको क्रममा नव नियुक्त रक्षामन्त्री पोखरेललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सुरक्षा वातावरण तथा चुनौतीहरू, नेपाली सेनाको सांगठनिक संरचना, कल्याणकारी कार्यक्रमहरू तथा अपरेशनल एवं अन्य विविध गतिविधिबारे प्रस्तुतिकरण गरिएको थियो। प्रस्तुतिकरण पश्चात उक्त विविध विषयहरूमा अन्तरक्रिया भएको थियो।