ठगीको अनुसन्धान गर्दा हुन्डी कारोबारी पक्राउ

0
Shares

नेपाल समाचारपत्र
काठमाडौं
प्रहरीले ठगीको अनुसन्धान गर्दै जादाँ हुन्डी कारोबारीलाई पक्राउ गरेको छ। काठमाडौं प्रहरी परिसरले जयराम कार्की, कृष्णगोपाल अग्रवाल, मुष्कान तामाङ र राकेश गुप्तालाई पक्राउ गरेको हो। जयराम कार्की कुरियरमा काम गर्छन् भने कृष्णगोपाल अग्रवाल खिचापोखरीमा रहेको जय दुर्गा ट्रेड इन्टरनेसनल नामक कस्मेटिक होलसेलका म्यानेजर हुन्।

काठमाडौं प्रहरी परिसरका एसएसपी विश्वराज पोखरेलका अनुसार हुन्डीको मुख्य कारोबारी अमेरिकामा रहेका छन। नारायण अग्रवाल मुख्य कारोबारी रहेको र उनलाई फरार सुचीमा राखिएको प्रहरीले बताएको छ।

पवि क्षेत्री र लक्ष्मी देवी चपाईलाई फेसबुक मार्फत एक व्यक्तिले वेलायतबाट ४० हजार पाउण्ड उपहार परेको जानकारी दिएपछि घटना बाहिर आएको थियो।

उपहार दिल्ली हुदैँ नेपाल पुग्ने भनी जानकारी गराएपछि उपहार दिल्लीमा आईपुगेको भनि अर्को व्यक्तिले पटक पटक दिल्लीबाट फोन गरेको प्रहरीले अनुसन्धानबाट फेला पारेको छ।

पीडितहरूले उपहारको उपहारको लोभमा परी पटक पटक गरी ५१ लाख रुपैँया पठाएपछि घटना सार्वजनिक भएको बताइएको छ। पीडितहरूलाई दिल्लीबाट फोनमा वताए अनुसार नागार्जुन नपा वडा नं ४ सितापाईला वस्ने जयराम कार्कीलाई पिडितले ४ पटक गरी ४६ लाख रुपैँया दिल्ली पठाउनका लागि दिएका थिए।

यराम कार्कीले उक्त रकम दिल्लीको व्यक्तिलाई पठाउन भनी सुनसरी धरान स्थायी घर भई हाल काठमाडौ खिचापोखरीमा जय दुर्गा ट्रेड ईन्टरनेशनल नामक कस्मेटिक होलसेल पसल संचालन गरी वस्ने नारायण अग्रवाललाई दिएको बताएका थिए। नारायण अग्रवालले दिल्लीमा पंकज अग्रवाललाई रकम पठाएको बताइएको छ।

नारायण अग्रवालको नाममा रहेको उक्त कस्मेटिक पसलमा खानतलासी गर्दा १५ लाख ६२ हजार ९ सय २० रुपैयाँ श्रोत नखुलेको रकम र उक्त कस्मेटिक पसलमा मेनेजरको रुपमा काम गर्ने कृष्ण गोपाल अग्रवालको मोवाइल वरामद भएको प्रहरीले जानकारी दिएको छ। उक्त मोवाईलमा हुण्डीको कारोवार खुल्ने म्यासेज भेटाएपछि प्रहरीले यसबारे अनुसन्धान अगाडी बढाएको थियो।