१९महिनासम्म मजदुरले पारिश्रमिक पाएनन्

0
Shares

विनोद सिंह विष्ट, बैतडी । बैतडीको देहिमाण्डौँ–गिरेगाडा सडकखण्ड ग्राबेल गरेको बखत काम गरेका २०० मजदुरहरुले १९ महिनासम्म पनि पारिश्रमिक नपाएको बताएका छन् ।

गत २०७३ असार र साउन महिनामा सो सडकमा ग्राबेलको काम चलेको बेला काम गरेका कामदार र उधारो सामान दिएका ब्यापारिहरुले आफुलाई दिन्छौँ भनेको पैसा काम सकिएको १९ महिना बित्दा समेत नपाएको दशरथचन्द नगरपालिका ९ ग्वाल्लेकका देबि दत्त जोशीले बताउनुभयो । हामीले साउनको झरीमा भिजेर काम ग¥यौँ उहाँले भन्नुभयो “काम सम्पन्न भयो तर पारिश्रमिक अझैँ पाएका छैनौँ, हामी सडकमै काम गरेर गुजारा चलाउने मान्छे कसरी बालबच्चा पाल्ने कसरी छाक टार्ने, हामीलाई गुजारा गर्न समस्या भैरहेको छ ।”

यस्तै ग्वाल्लेककै गणेश दत्त जोशीले आफु मलेसियामा काम गरिरहेको र केहि दिनको बिदामा घर आँउदा सडकमा काम खुलेको भनी यतै बसेको र सडक मा काम गरेपछि पैसा नपाएकोले यता न उताको भएको बताउनुभयो । बिदेशमा जसोतसो पसिना बगाइरहेको थिए, त्यहाको काम पनि कष्टपुर्णनै थियो, तर घर आएको बेला यतै सडकमा काम पाँए लगभग दिनको काम गरेको ज्याला पाइने भयो भनेर काम गरे तर काम गरेको पारिश्रमिक पाइएन् उहाँले भन्नुभयो “यता न उताको भएँ, अब के गरुँ दुई बर्ष पुग्न लाग्यो घरमै बेरोजगार बसेकोछु, हामी कामदारले ज्याला नपाएपछि कसरी घर खर्च चलाउने चिन्ता छ ।”

उपभोक्ता समितिले पैसा नदिएको कामदारको गुनासो आइरहँदा उपभोक्ता समितिले भने रकम निकासा नभएको बताएको छ । सुरेन्द्र बोहराको अध्यक्षतामा रहेको उपभोक्ता समितिको खाता मा हाल सम्म ८ लाख रुँपया मात्रै आएको बताउनुभयो । सडक ग्राबेलका लागी सम्झौता भएको जम्मा रकम ३७ लाख ७१ हजार १३५ रुपँया ४८ पैसा मध्ये ३० लाख रुपया उपझोक्ता समितिले पाउने र बाँकी ७ लाख ७१ हजार बराबरको नागरिकले श्रमदान गर्ने सहमती भएको र हाल सम्म २०७३ असोजमा पहिलो किस्ता बाफत ८ लाख रुपँया प्राप्त गरेर केहि कामदारहरुलाई बितरण गरेको अध्यक्ष बोहराले बताउनुभयो ।

बिविध कारणले सडक बोर्ड बाटै रकम निकासा नहुँदा आफुहरुले कामदारलाई पारिश्रमिक दिन नपाएको र परिश्रमिक नदिएका कारण गाँउका मान्छे आफुहरु संग बोल्नै छाडेको उपभोक्ता समितिका कोषाध्यक्ष बलदेब जोसीले बताउनुभयो । म संग गाँउलेले राम्रो ब्यवहार गर्न छाडेकाछन्, म स्थानिय तहको चुनावमा वडा सदस्यमा लडेको थिए गाँउलेले पैसा खायौँ भनेर भोट पनि दिएनन् उहाँले भन्नुभयो“ मलाई चुनावनै हराईदिए, पहिला सबै संग राम्रो सम्बन्ध थियो, अहिले सबै संग सम्बन्ध समेत बिग्रन थाल्यो कसैले गालि समेत गर्छन, हामीलाई पैषा खायो भन्छन् हामी संग पैसा नै आएको छैन् त कँहा बाट पैषा खायौँ, जिल्ला बाट हाम्रो उपभोक्ता समितिको खातामा पैसा नआएको कुरा हाल मात्रै गाँउलेलाई थाहा भयो र अहिले उनिहरुपनि जसोतसो सहेर बसेका छन् ।”

देहिमाण्डौँ ग्वाल्लेक सडक ग्राबेल हुँदा २ सय बढि कामदारले काम गरेको थिए । जसमध्ये केहि ब्यक्तिले नार्गाजुन प्रहरी चौकीमा उजुरी समेत दिएको हरीराम लोहारले बताउनुभयो । हामी मजदुरी गरेर छाक टार्ने मान्छे हौँ, उहाँले भन्नुभयो “२ महिनासम्म १ छाक खाना खाएर काम गरेका हौँ, काम गरेको २बर्ष पुग्न लाग्दा समेत पारिश्रमिक पाएनौँ, त्यसैले २पटक प्रहरी चौकीमा समेत निबेदन दियौँ, पैषा जिल्लामा नआएको रहेछ अहिले सम्म पाएका छैनौँ ।”

वि स २०७३ साउन महिनामा काम सम्पन्न भएपनि अख्तीयारमा मुद्धा परेकोले रकम निकासामा ढिलाई भएको स्थानिय बिकास अधिकारी खेमराज बिष्टले बताउनुभयो । हामीले त्यो ठाउँमा प्राबिधिक पठाएर काम भए नभएको हेर्न लगायौँ, काम राम्रो संग सम्पन्न भएको छ, उहाँले भन्नुभयो“ कस्ले किन अख्तीयारमा मुद्धा हाल्यो त्यो हामीलाई पनि थाहा भएन्, योजनाको रकम रोकियो, कामदारहरुले पारिश्रमिक पाएनन् मलाई पनि दुख लागेको छ, ।”

तर अहिले केहि दिन अघि मात्रै सडक बोर्ड बाट २० लाख रकम निकासा भएर उपभोक्ता समितिको खाता मा जम्मा भैसकेको स्थानिय बिकास अधिकारी बिष्टले बताउनुभयो । अब सार्वजनिक परिक्षण गरेपछि प्रक्रिया पु¥याएर उपभोक्ता समितिले रकम निकाल्न पाउने र कामदारले पारिश्रमिक पाउने उहाँले बताउनुभयो ।