पाकिस्तानी प्रधानमन्त्री आज नेपाल आउँदै



काठमाडौं, (नेस)
पाकिस्तानका प्रधानमन्त्री साहिद खाकान अब्बासी दुईदिने नेपाल भ्रमणका सिलसिलामा आज सोमबार अपराह्न काठमाडौं आइपुग्दै हुनुहुन्छ।

अवरुद्ध दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सम्मेलन र सम्मेलनको नयाँ मिति तय गर्ने कूटनीतिक प्रयासका लागि उहाँ नेपाल आउनुहुने भएको हो। नेपाल सार्कको वर्तमान अध्यक्ष राष्ट्र भएकाले अब्बासीले नेपाली समकक्षी केपी शर्मा ओली, राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने कार्यतालिका तय भएको छ।

प्रधानमन्त्री ओलीसँग अब्बासीले सोमबार साँझ भेटवार्ता गर्ने नेपालका लागि पाकिस्तानी दूतावासले जनाएको छ। उहाँले भोलि मंगलबार बिहान राष्ट्रपति भण्डारीसँग भेटवार्ता गर्ने कार्यतालिका तय गरिएको छ। आज अपराह्न काठमाडौं आइपुग्ने अब्बासीको सम्मानमा नेपाली सेनाले टुँडिखेलमा सम्मान गारथ ‘गार्ड अफ अनर’ प्रदान गर्ने भएको छ। साँझ प्रधानमन्त्री ओलीसँगको भेटवार्तापछि उहाँ ओलीले आयोजना गर्ने रात्रिभोजमा सहभागी हुने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्