पत्रकार सम्मेलन

0
Shares

आईसीसी विश्वकप क्रिकेट क्वालिफायर अन्तर्गत पहिलो खेल हुन अगाडि भएको पत्रकार सम्मेलनमा ट्रफीसँगै नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्का। नेपालले आज आयोजक राष्ट्र जिम्बावेसँग प्रतिस्पर्धा गर्दैछ। नेपालले सिनियरतर्फ पहिलो पटक टेस्ट खेल्ने राष्ट्र जिम्बावेसँग खेल्दैछ। १० टोली सम्मिलित यो प्रतियोगितामा नेपालले जिम्बावेलगायत स्कटल्यान्ड, हङकङ, अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दैछ। कप्तान खड्काको लक्ष्य नेपालले सुपर सिक्समा स्थान बनाउने र एकदिवसीय मान्यता प्राप्त गर्ने हो। साथै यो प्रतियोगितामा फाइनल पुग्ने दुई टोलीले आगामी २०१९ मा इंग्ल्यान्डमा हुने विश्वकपमा खेल्न पाउनेछन्।