‘प्लास्टिक उद्योगमाथि प्रतिबन्ध लाग्छ’



काठमाडौं, (नेस)
जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले वातावरणलाई प्रदूषण बनाउने प्लास्टिक उद्योगमाथि सरकारले प्रतिबन्ध लगाउने ठोकुवा गर्नुभएको छ। उहाँले प्लास्टिकको कारण वातावरणमा प्रतिकूल असर परेको बताउँदै विकल्प दिएर प्लास्टिक उद्योग बन्द गराउने बताउनुभएको हो।

नेपाल समाचारपत्रसँगको अन्तर्वार्तामा मन्त्री पण्डितले प्लास्टिकको विकल्पका उद्योग खोल्नुपर्ने बताउनुभयो। नकुहिने प्लास्टिकले सगरमाथाको क्षेत्रमा समेत समस्या सृजना गरेको बताउँदै खेतीयोग्य जमिनमा समेत बाँझोपन ल्याउने काम गरेको बताउनुभयो। सरकारले ६० डिग्रीको तालोमा झोल हुने र पाँच दिनभित्र कुहिने वस्तुको उत्पादन गर्नुपर्ने र माटोमा सहजरूपमा मिल्न सक्ने वस्तुको उत्पादन गर्नुपर्नेमा जोड दिएको छ। मन्त्री पण्डितले वातावरणलाई प्रदूषित बनाउने डिजेल गाडी र फोहोरमैला व्यवस्थानमा सरकारले कडाइका साथ काम गर्ने बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्