११ सय सवारी कारबाहीमा



काठमाडौं, (नेस)
फागुपूर्णिमाका दिन अर्थात् बिहीबार ट्राफिक नियम उल्लंघन गर्ने १ हजार १ सय ३ वटा सवारी कारबाहीमा परेका छन्। होलीलाई लक्षित गरी सुरक्षा व्यवस्था कडा पारेपछि ट्राफिकले विभिन्न प्रकारको नियम उल्लंघन गरेका सवारी कारबाहीमा परेको जनाएको छ।

ट्राफिक प्रवक्ता एसएसपी उमेश रञ्जितकारले नेपाल समाचारपत्रलाई दिएको जानकारीअनुसार कागजपत्र नभएका ३ सय ५१, हेल्मेट नलगाएका ७५, मापसे गरी सवारी चलाएका ८३, तीव्र गतिमा सवारी चलाएका ३२ र ३ जना सवार भएका १ सय २५ जना कारबाहीमा परेका छन्। त्यसै गरी होलीको अवसरमा अर्काको इच्छाविपरीत जबरजस्ती रङ दल्ने, प्लास्टिकको लोला हान्ने, फोहोर छइप्ने ३ सय ४५ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा ११ जना महिला र ३ सय ३४ जना पुरुष रहेको प्रहरीले जनाएको छ। प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो। होलीलाई मर्यादित र सुरक्षित बनाउन राजधानीमा १ सय ६ प्रहरी टोली, २० मोबाइल टोली र थप १ हजार ५ सय प्रहरी परिचालन गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्