हावापानी नै तगडा हो कि !

0
Shares

गर्भपतन सेवा लिने अधिकांश अविवाहित महिला र किशोरीसमेत भएको थाहा पाएपछि धरहराको दूरविन बुधबार सोलुखुम्बुको जिल्ला अस्पताल फाप्लुतर्फ सोझियो। कुमारी आमा बन्न चाहने तर त्यस्तो पहिचान बनाउन हिम्मत हार्नेहरू धेरैले सो अस्पतालमा गर्भपतन गराउँदारहेछन्।

तर कुमारी आमा बन्न खोज्नेहरू अधिकांश विद्यालय र क्याम्पस पढ्ने उमेर समूहका भएको बुझियो। त्यस्तो सूचीमा १३ वर्षकी एक बालिकासमेत भएको अस्पताल प्रशासन बताउँछ। त्यति मात्र कहाँ हो र ⁄ एक वर्षमा एउटै महिला ३ पटकसम्म गर्भपतनका लागि अस्पताल धाएको तथ्यांकसमेत छ।

यस्तो देख्दा सो ठाउँको हावापानी निकै तगडा रहेको निष्कर्ष निकाल्या छ धरहराले। जे आउँछ मजाले पचाउँछ भने झैं अस्पतालमा सुरक्षित र निःशुल्क गर्भपतन सेवा भएपछि केको टेन्सन हैन, त ? अब त्यस्तै हो, भने हिमाली जिल्लाको पहिचान स्वदेशमा मात्र होइन, विदेशमा पनि बदलिने संभावना पो बढेर गयो त।

पदयात्रा र हिमाल आरोहणमा निस्कने पर्यटक रुट बदलेर मात्रै खुम्बु पुग्ने भए। उनीहरू फाप्लु पुगेर त्यहाँको हावापानी बारे सूक्ष्म विश्लेषण गर्न बेर छैन। विश्लेषण गर्न कसले सघाउने होला ?