११ वर्षेको स्वरमा छोरी अन्माउँदाको व्यथा

0
Shares

११ वर्षे बाल गायक अधिश्री कसपालको छोरी अन्माउँद बोलको गीत म्युजिक भिडियोसहित राजधानीमा आयोजित एक समारोहबीच सार्वजनिक गरिएको छ।

घरकी एक्ली छोरीलाई विवाह गरिदिएर अन्माउँदा एक पितालाई पर्ने चोटलाई भावप्रधान ढंगले प्रस्तुत गरिएको भिडियोमा सरोज खनाल र वर्षा शिवाकोटीले अभिनय गरेका छन्। सुरेश अधिकारीको संगीत र सुभासचन्द्र ढुंगेलको शब्द रचना रहेको गीतको म्युजिक भिडियो निकेश खड्काले निर्देशन गरेका छन्। भिडियो धिरजजंग शाहको छायांकन र प्रकाश तुलाधरको सम्पादनमा तयार भएको छ।

कार्यक्रममा अधिश्रीका हजुरबुबा बाबुकाजी कसपालले नातिको प्रतिभा देखेर आफूलाई गर्व लागेको बताए। संगीतकार सुरेशले सुभासचन्द्रको गीत हेर्दा फरक धारको पाएको जनाउँदै यसमा गहिरो र गम्भीर किसिमको संगीत प्रयोग गरेको बताए। संगीतकार, गायक तथा रचनाकार दीपक जंगमले आफ्नो समयमा बाल्य अवस्थामा गीत गाउनु निकै चुनौतीपूर्ण रहेको स्मरण गरे। ‘हाम्रो पालामा गीत गाउनुभनेको निकै गाह्रो काम थियो। आफैंले संगीतका गुरु खोज्नुपथ्र्यो’, जंगमले सम्झिए– ‘तर, अहिले परिवारको सहयोगले गायकगायिकालाई संगीतमा आउन सजिलो भएको छ।’

कार्यक्रममा अधिश्रीले छोरी अन्माउँदा र अरूलाई निचो देखाउन खोजेर बोलको गीत गाएर सुनाएका थिए। अरूलाई निचो देखाउनमा हरि लम्सालको संगीत र सुभासचन्द्रको शब्द छ।