प्रदेश २ को मन्त्रिपरिषद् विस्तार



काठमाडाैं । प्रदेश २ को मन्त्रिपरिषद् बुधबार विस्तार गरिएको छ । राष्ट्रिय जनता पार्टी, नेपालले २ मन्त्रीको टुंगो लगाएपछि बुधबार ४ मन्त्री र ३ राज्यमन्त्री थप गरी मन्त्रिपरिषद् विस्तार गरिएको हो ।

मन्त्रिपरिषद् विस्तार भएलगत्तै संघीय समाजवादी फोरम, नेपालबाट आन्तरिक मामिला तथा कानुनमन्त्रीमा ज्ञानेन्द्र यादव, भुमि व्यवस्था, कृषि तथा सहकारीमा शैलेन्द्र साह र राष्ट्रिय जनता पार्टी, नेपालबाट सामाजिक विकास मन्त्रीमा नवलकिशोर साह र उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रीमा रामनरेश रायले शपथ लिएका छन् । नवनियुक्त मन्त्रीहरुले प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थबाट सपथ लिएका हुन् ।

यस्तै फोरमबाट आन्तरिक मामिला तथा कानुन राज्यमन्त्रीमा सरोज सिंह, भूमि, व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्रीमा योगेन्द्र राय यादव र आर्थिक मामिला तथा योजना राज्यमन्त्रीमा उषा यादवले शपथ लिए । उनीहरु
लाई मुख्यमन्त्री लालबाबु राउतले शपथ गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्